Welcome To Nepal Gulf

Nepal Gulf

ठगी आरोपमा फरार पक्राउ

तनहुँ– जिल्ला

पक्राउ पर्नेमा बर्दिया बासगढी नगरपालिका–५ झोडिया स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–१ अम्रेनी बस्ने ५० वर्षीय महेश गिरी नामले चिनिने मेघनाद गिरी रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

हाम्रो हात नेपाल प्रालिमा शेयर लगानी गर्ने किसानलाई कृषि फार्ममा सहुलियत ऋणको प्रलोभन देखाइ २०७८ साल पुसमा व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङका महिलाबाट सात लाख ५० हजार रुपैयाँ ठगी गरी फरार रहेका निजलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिए ।

निजविरुद्ध महिलाले प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्् । पक्राउ परेका गिरीविरुद्ध तनहुँ अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।